View Point Long Banner Ad

के तपाईलाई मिर्गौलाको रोगबारे थाह छ ?

तपाईलाई मिर्गौलाको रोगबारे थाह छ छैन भने जरुरी थाहा पर्ने हुन्छ ।

१, शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगलाई मिर्गौला भनिन्छ।

२,मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ। यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ।

३,८० प्रतिशत मिर्गौला विग्रिएपछि मात्र बिरामीमा लक्षणहरु देखिन थाल्छ। त्यसैले समयसमयमा मिर्गौला परीक्षण गराउनु पर्दछ। मिर्गौला विग्रिसकेपछि दुःख भोग्नुभन्दा मिर्गौला रोग लाग्नै नदिन सचेत हुनुपर्छ।

४,मिर्गौला महत्वपूर्ण अंग हो भन्ने कुरा तबमात्र थाहा हुन्छ, जब मिर्गौला विग्रन्छ।

५,उच्च रक्तचाप, मधुमेह, मिर्गौलामा हुने नेफ्राइटिस, मिर्गौलामा संक्रमण, मिर्गौलामा पत्थरी, प्रोस्टेटको समस्या भएर पिसाब रोकिएपछि, पाठेघर खस्ने समस्याले पिसाब रोकिएमा र जथाभावी रुपमा औषधि सेवन गर्दा मिर्गौला विग्रिने समस्या हुनसक्छ। पिसाव सम्बन्धि समस्या छ भने मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ।

६, मिर्गौला बिग्रन नदिन बिहान उठ्ने वित्तिकै पानी पिउने, एकदिनमा ३ लिटरसम्म पिसाब लाग्ने गरी पानी खाने, हरेक दिन १० हजार पाइला हिड्ने, समयमा सुत्ने र बिहान समयमै उठ्ने, धेरै गुलियो तथा गुलियो पदार्थहरु नखाने, मासु धेरै नखाने, उमेर बढ्दै गएपछि मासु नखाने, उमेर बढ्दै गएपछि दुध, दहि कम खाने, ( मैदाको परिकारहरु सकेसम्म नखाने वा कम खाने,दाल, भात, तरकारी तथा सागसब्जी खाने, परिवारमा कसैलाई मिर्गौला सम्बन्धि रोग छ भने मिर्गौला परीक्षण गर्नुपर्छ र आफ्नो उचाइ अनुसार शरीरको तौल मेन्टेन गर्नुपर्छ।

७,मिर्गौलामा खराबी छ वा छैन भनेर रगतमा क्रियाटिनिनको मात्रा परीक्षण गर्न सकिन्छ। यदी रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला विग्रिन सुरु भएको संकेत हुनसक्छ।

८, डायलाइसिस सेवा अन्तर्गत हेमोडायइलाइसिस ९मेसिनबाट अस्पतालमा गरीने० र पेरिटोनियल डायलाइसिस ९घरमा बसेर आफैंले गर्न सकिने० पर्दछन्।

९,नेपालमा मिर्गौला फेल भएका बिरामीका लागि प्रत्यारोपण र डायलाइसिस दुबै सेवा निशुल्क उपलब्ध छन्।

१०,प्रोटिनयुक्त खानेकुरा माछा, मासु, अण्डा, दूध, दही, दाल, गेडागुडी आदिले मिर्गौलाको काम बढाउने हुनाले मिर्गौला रोगीले कार्य क्षमताका आधारमा सिफारिस गरे भन्दा बढी खानु हुँदैन ।

११,कम वा शून्य प्रोटिन भएको तर शक्तिबर्धक खानेकुरा चिनी, ग्लुकोज, मह, चिल्लो पदार्थ, साबुदाना, आरारुट पाउडर आदि शरीरको आवश्यकता तथा अवस्था अनुसार दैनिक भोजनमा पर्याप्त मात्रामा समावेश गर्नुपर्छ ।

१२,शरीरमा प्रोटिनको अधिकतम तथा राम्रो उपयोगका लागि सिफारिस गरिएको प्रोटिनमध्ये ५० देखि ६० प्रतिशत उच्चकोटीको प्रोटिन भएका खानेकुरा माछा, मासु, अण्डा, दूध, दही आदि निर्धारित मात्रामा प्रत्येक खानामा पर्ने गरेर समावेश गर्नुपर्दछ । समाचार स्रोत स्वास्थ्य खबरबाट


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...