View Point Long Banner Ad

मौलिक चलचित्र निर्माणमा जोड दिन सञ्चारमन्त्रीको सुझाव

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’प्रति चासो लिँदै नेपालमा यस्ता मौलिक चलचित्र निर्माणमा जोड दिनु पर्ने बताएकी छन् ।

मन्त्री शर्मा र ‘सतीदेवी’का लेखक,निर्माता, निर्देशक लक्ष्मण सुवेदीबीच बुधबार मन्त्रीकै कार्यकक्ष सिंहदरवारमा भएको भेटघाटमा नेपाली चलचित्रको विकास, बिस्तार र श्रीवृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको जोड थियो ।

सिंहदरबारमा भएको भेटघाटमा निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो चलचित्रको विषयबस्तुको बारेमा जानकारी गराए । मन्त्री शर्माले ‘सतीदेवी’ चलचित्रबारे निकै रुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपनयुक्त चलचित्रलाई राज्यले विशेष सहयोग गर्ने प्रतिबद्धता भएको निर्देशक सुवेदीले बताए ।

मन्त्री शर्माले आफू सधैँ नेपाली चलचित्रको गुणस्तरीय र व्यावसायिक विकासको पक्षमा रहेको जोड दिँदै छिट्टै नै चलचित्र ऐन लागू गर्न आफू लागिपरेको बताइन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...