कलाकार खतिवडामाथि कुटपिट आरोपमा वाइबा पक्राउ
काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ परेको छिन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले वाइबालाई पक्राउ गरेको हो । उनी सिन्धुपाल्चोकबाट पक्राउ परेकी हुन्। उनलाई काठमाडौं ल्याइँदैछ।
कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए।
वि.सं.२०८० फागुन १६ बुधवार १६:५४
















