View Point Long Banner Ad

रुस-युक्रेन युद्ध : मारिने नेपालीको संख्या बढ्दो

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलमा धेरै नेपालीहरु रुस पुगेका छन् । रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या दैनिक बडिरहेको छ, तर यसको वास्तविक तथ्याङ्क भने प्राप्त भइसकेको छैन।

रुसी सेनामा कार्यरत नेपालीले त्यहाँको अवस्था भयावह रहेको र युद्धका क्रममा मृत्यु हुनेको संख्या बढिरहेको बताएपनि घटनाको वास्तविक अवस्था केलाएर तथ्याङ्क सङ्कलन कार्य हुन सकेको छैन। यद्यपि, रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमैदानमा मृत्यु भएका १६ नेपालीको तस्वीर सार्वजनिक भएको छ । रुसी सेनामा लागेका १२ नेपालीको मृत्यु भएको तथ्याङ्क सरकारले राखेपनि हालसम्म मृत्यु हुनेको संख्या १६ पुष्टि भएको दाबीसहित शनिबार मृतकका आफन्त र अभियन्ताहरूले तस्वीर सार्वजनिक गरे ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी तस्वीरसहितको तथ्याङ्क सार्वजनिक गर्दै पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानका अभियन्ता कृतु भण्डारीले बेलारुसमा नेपालीहरूको अवस्था भयावह भएको बताए। रुसी सेनामा भर्ना भएका नेपालीहरूको तथ्याङ्क सरकारसँग नभएको, मृतकको शव अझैसम्म परिवारले प्राप्त गर्न नसकेको, घाइतेहरूको आवश्यक उपचार र मृतक परिवारले पाउने क्षतिपूर्तिको प्रक्रियाका सम्बन्धमा सरकारी तहबाट खासै काम हुन नसकेको उनले टिप्पणी गरे । शुक्रबार राती मात्रै युद्धमा थप केही नेपालीको मृत्यु भएको खबर त्यहाँका नेपालीबाट प्राप्त गरेको उनको भनाइ छ ।

सरकारसँग मृत्यु भएका १२ र युक्रेनी सेनाको कब्जामा रहेका ५ को तथ्याङ्क भए पनि २२ जनाका आफन्तले मृत्युसंस्कार गरेको भण्डारीले बताउँदै खाएका थिए । उनले–‘आफ्नो परिवारका सदस्यलाई उद्धार गरिदिन एक हजार बढी व्यक्तिहरूले आग्रह गर्दै सम्पर्कमा आएका छन् । एक दिन अघिमात्रै फेरि २९ जना नेपालीको मृत्यु भएको भन्ने युद्धमा होमिएका रुसीसेनाबाटै खबर आएको छ । यसको आधिकारिकता भने भसकेको छैन ।’ हाल रुसमा नेपालीको संख्या १४ हजार बढी रहेको बताइएको छ। रुसी सेनामा भर्ना भएर बेपत्ता भएका ५ सयको तथ्याङ्क सङ्कलन भइसकेको अभियन्ता भण्डारीले बताए ।

सन् २०२२ फेब्रुअरी २४ देखि जारी रुस र युक्रेनबीचको युद्ध साम्य नहुँदै रुस सरकारले युक्रेनमाथि हमला गर्न थप शक्ति सञ्चयका लागि नेपालसहित अन्य मुलुकबाट रुसी सेनामा भर्नाको आह्वान गरेसँगै नेपालीहरू रुसी सेनामा भर्ना हुने गैरकानुनी ढङ्गले गएका थिए। युद्धमा मृत्यु भएका, घाइते, बेपत्ता र त्यहाँ रहेका नेपालीको उद्धार राहतसँगै स्वदेश फिर्ता ल्याउने सवालमा नेपाल सरकारले गम्भीरताका साथ काम गरेको दाबी गरेको छ। तर, सरकारसँग मृत्यु भएका १२ र युक्रेनी सेनाको कब्जामा रहेका ५ को तथ्याङ्क भए पनि २२ जनाका आफन्तले मृत्युसंस्कार गरेको दाबी सार्वजनिक भएपछि सरकारले पछिल्लो थप काम गर्न नसकेको टिप्पणी हुन थालेको छ।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको खबरले रुसमा रहेका नेपाली नागरिकका आफन्तले चाँडो उद्धार गरि दिन सरकारसमक्ष हारगुहार गरिरहेका छन्। कन्सुलर सेवा विभागले करिब १ सय ५० परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएको जनाएको छ।

मन्त्रालयको तथ्यांकमा हालसम्म गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गङ्गाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको जनाएको छ। यसै गरी रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका थिए।

रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको मन्त्रालयले जनाएको छ। यता, अभियन्ताहरूले उनीहरूको उद्धारमा चाडो पहल गर्न संयुक्त राष्ट्रसंघ, रुसी राजदूतावास, नेपाल सरकार र दलहरूलाई ध्यानाकर्षण पत्र बुझाएको बताएको छ।

प्रधानमन्त्रीलाई प्राप्त तथ्यांकसहित ध्यानाकर्षण बुझाउन पटकपटक प्रयास गर्दापनि प्रधानमन्त्रीले समय नदिएको उनीहरूको गुनासो छ। रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत् खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको छ। सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको जनाएको छ। स्रोत नेपाल समाचारपत्र


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...