त्रिवि र चीनको विश्वविद्यालयबीच सम्झौता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना ९यूइएसटीसी० बीच सहकार्य समझदारीपत्रमा हस्ताक्षर भएको छ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त उपकुलपति डा शिवलाल भुसाल र यूईएसटीसीका कुलपति जेङ्गयोङ्गले हस्ताक्षर गरे। त्रिविबाट आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्रा चिरञ्जीवी खनाल र यूईएसटीसीका प्राध्यापक हाङ्होङ साक्षी रहे।
सम्झौतापछि त्रिविका निमित्त उपकुलपति भुसालले यसले विभिन्न सम्भावनाको ढोका खोलेको भन्दै आगामी दिनमा दुई विश्वविद्यालयका बीचमा घनिभूत सहकार्य हुने विश्वास व्यक्त गरे।
यूइएसटीसीकाका प्रतिनिधि प्राध्यापक हाङहोङले आफ्नोतर्फबाट अध्ययन र अनुसन्धानका क्षेत्रमा सक्दो सहयोग गर्ने बताउँदै ज्ञान र सीपको पनि आदानप्रदान हुनुपर्ने बताए। यो सम्झौतामा पाँच वर्षका लागि हुनेछ।
वि.सं.२०८० माघ १२ शुक्रवार ०९:५२
















