‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक
काठमाडौं । फिल्म ‘महाजात्रा’को गीत ‘आहा क्या राम्रो’ सार्वजनिक भएको छ ।
माघेसंक्रान्तिको अवसर पारेर ‘आहा क्या राम्रो’ बोल रहेको गीत सार्वजनिक गरिएको हो । एकनारायण भण्डारीको शब्द रहेको छ, भने आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ ।
गीतको भिडियोमा हरिवंश आचार्य, वर्षा राउत, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले अभिनय गरेका छन् । प्रदीप भट्टराइले निर्देशन गरेका हुन् । आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ फिल्म प्रदर्शन हुने जनाइएको छ ।
‘आहा क्या राम्रो’ गीत भिडियोमा हेर्नुहाेस् ।
वि.सं.२०८० माघ १ सोमवार १६:५८
















