View Point Long Banner Ad

उत्कृष्ट कन्टेन्ट क्रिएटरलाई अपट्रेन्डलीले सम्मान गर्ने

काठमाडौं। देशभरका उत्कृष्ट कन्टेन्ट क्रिएटर’लाई अपट्रेन्डली मिडियाले सम्मान गर्ने भएको छ । खानपान तथा रेस्टुरेन्ट जीवनशैलीका कथालाई सिर्जनात्मक भिडियो सामग्री बनाई सामाजिक संजालमार्फत प्रचारप्रसार गर्दै आएका क्रिएटरलाई अपट्रेन्डली संस्थाले सम्मान गर्न लागेको हो ।

अपट्रेन्डली संस्थाका सीईओ मनायक कार्कीले खानपान संस्कृतिका कथालाई प्रचारप्रसार गर्न देशभर छरिएका फुड ब्लगर, कन्टेन्ट क्रियटरलगायत सिर्जनाकर्तालाई माघ १७ गते दरबारमार्गमा क्रिएटर अनर्स–२०२४’ कार्यक्रम आयोजना गरी सम्मान गरिने जानकारी दिए ।

समारोहमा देशभर छरिएका झन्डै २ सय जना प्रभावशाली सिर्जनाकर्तालाई सम्मान गर्दैछौं,’ सीईओ कार्कीले भने, होटल, पर्यटन विधाअन्तर्गत खानपान शैलीलाई विस्तार गर्न हामीले पहिलो पटक सम्मान गर्न लागेका हौं । यो प्लेटफर्मले स्मार्टफोन र स्मार्ट दिमाग भएकाहरुलाई थप सशक्त बनाउने अपेक्षा गरेका छौं ।’

समारोहमा खाद्य परिकारसँग सम्बन्धित विविधता सिर्जना गर्दै आएका उदयमान सिर्जनकर्ता, प्रतिष्ठित ब्लगर, राइजिङ स्टार, ब्रेक–थ्रु फूड कन्टेन्ट अफ द इयर, स्थानीय खानामा सबैभन्दा उत्कृष्ट शोकेस, उत्कृष्ट ब्रान्ड, ट्रेन्डको उत्कृष्ट प्रयोग, अडियो÷भिडियोको उत्कृष्ट प्रयोग, फ्लोर लभ अवार्ड आदि विधाका पुरस्कार समेटिएका छन् ।

प्रतिस्पर्धीहरुलाई कान्तिपुर पब्लिकेसन्स् लिमिटेडका सीईओ महेश स्वा“र, होटल याक एण्ड यतिका महाप्रबन्धक मोनिका शेइब्लाउर, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी थापा र ब्लगर मानसी अग्रवालको निर्णयका आधारमा पुरस्कृत गरिने छ । अपट्रेन्डीले यो अभियान कान्तिपुर पब्लिकेसन्स् लिमिडेट, नेपाल पर्यटन बोर्ड, पेन्टहाउस रुफटप बार एण्ड लाउन्ज, हार्ड रक क्याफेस“गको साझेदारीमा आयोजना गर्न लागेको बताएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...