क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्न प्रतिबन्ध
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
क्रिकेटर लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको हो ।
अध्यक्ष चतुर बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर्याएको हुँदा निलम्बन गरिएको बताएका छन् ।
काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै बुधबार लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो ।
वि.सं.२०८० पुस २६ बिहीवार १२:०५
















