View Point Long Banner Ad

परराष्ट्र नीतिमा साझा सहमति बनाऔं

परराष्ट्र नीतिमा साझा सहमति बनाऔं : माधव नेपाल

५ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको सुरक्षा नीति र परराष्ट्र नीतिमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताएका छन् ।शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सुरक्षा र परराष्ट्र नीतिमा सबै पार्टीबीच साझा सहमति बनाउनुपर्ने बताएका हुन् । दलहरुबीच आन्तरिक द्वन्द्व भए पनि सुरक्षा नीति र परराष्ट्र नीतिमा समान धारणा हुनुपर्ने उनको जोड छ ।

‘भारतमा भित्र आन्तरिक द्वन्द्व हुन्छ तर परराष्ट्र नीतिमा एक हुन्छन् । त्यस्तै स्थिति नेपालमा सिर्जना गर्नुपर्छ,’ उनले भने ।

‘हामीले दुई वटा कुराहरु दस्ताबेजहरु पास गरेका थियौँ । एउटा परराष्ट्र नीतिको बारेमा थियो । त्यसलाई पुनः हेर्नुपर्ने छ भने हेरौँ । त्यसको कार्यान्वयनमा जोड दिऔं,’ उनले भने, ‘सबै पार्टीको बीचमा साझा सहमति बनाएर हाम्रो प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्छ ।’

उनले आफू प्रधानमन्त्री हुँदा बनाएको राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिए । समितिको बैठकमा नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले पनि परराष्ट्र नीतिमा साझा सहमति हुन आवश्यक रहेको बताए ।

यसैगरी नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले परराष्ट्र नीतिको बारेमा सबै प्रष्ट हुनुपर्ने बताए । उनले युक्रेन—रुस युद्धताका नेपालले लिएको निर्णयलाई लिएर विभिन्न आशंका उब्जिएको भन्दै त्यसको लागि पनि साझा सहमतिमा परराष्ट्र नीति बनाउनुपर्ने बताए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...