View Point Long Banner Ad

हङकङ टु नेपाल स् यस्तो छ सुन तस्कर समूहको जालो

हङकङ टु नेपाल स् यस्तो छ सुन तस्कर समूहको जालो

२७ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सीआईबी०ले ब्रेक शुमा कुल ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।
२ साउनमा बरामद ६०।७१६ किलो सुनको अनुसन्धान सकेको सीआईबीले थप ३०२।०६ अर्थात कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । साथै यो समूहले अरु विद्युतीय उपकरणमा पनि लुकाएर सुन तस्करी गरेको देखिएकाले पुरक अनुसन्धान गर्ने सीआईबी प्रमुख किरण बज्राचार्यले बताइन् । सीआईबीको अनुसन्धानबाट खुले अनुसार तस्करी भएको सुनको उद्गम स्थल हो । त्यहाँ विस्तृत पहिचान भएका चिनियाँ नागरिक ली र लीनले नेतृत्व गरेको ५ जनाको समूह छ । उनीहरुले विद्युतीय उपकरणमा लुकाएर सुन नेपालमा पठाउँथे ।

क्यारी अन ग्लोबल लजिस्टिक कम्पनीमार्फत एयर कार्गो गरेर पठाएको सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्थ्यो । अनुसन्धानमा संलग्न एसपी सञ्जयसिंह थापाका अनुसार आइपुग्ने सुन रिसिभ गर्ने, गालेर गोदामसम्म पु¥याउने कामको नेतृत्व तिब्बती मुलका भारतीय नागरिक थुप्तेन छिरिङले गर्छन् ।
सुन लुकाएर ल्याउने सामानहरु आयात गर्न थुप्तेनले हर्कराज राईमार्फत नेपाली नागरिकको नाममा ७ वटा कम्पनी खोलेका थिए । ६० किलो सुन आयात गर्ने ब्रेक शु ल्याउने रेडी ट्रेड दिलिप भुलेजको नाममा खोलिएको थियो । कुमार भुजेलको नाममा हवाडा इलेक्ट्रोनिक सप्लायर्स, रामकुमार भुजेलको नाममा भुजेल इन्टरप्राइजेज र पवटी इलेक्ट्रोनिक्स, सन्तोष तामाङको नाममा सरिता सप्लायर्स, लेकनाथ कार्कीको नाममा छुन्डुक इलेक्ट्रोनिक्स, बिकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रोनिक्स खोलिएको थियो । सुरुमा ट्रायलका रुपमा थोरै समान मगाउने र त्यसपछि त्यस्ता सामग्रीमा लुकाएर सुन तस्करी गर्ने गरेको एसपी थापाको विश्लेषण छ । हङकङबाट सुन पठाएको खबर ली र लीनले थुप्पेनलाई दिन्थे, उनले हर्कराज राईले सहयोगमा भन्सार भन्सार जाँचपास पुरा गर्थे । त्यसपछि सुरु हुन्छ, पाटपुर्जामा लुकाएर ल्याएको सुन गाल्ने र विस्कुटको आकार दिने काम । यसका लागि टोखा र लाजिम्पाटमा दुईवटा गोदाम थियो । टोखा गोदामको समूहको नेतृत्व एलेक्स पनि भनिने याओ पुचिङ र लाजिम्पाटको समूहको नेतृत्व सोङ चिङचुङआङले गरेका थिए ।

दुबै समूहले थुप्तेनमार्फत आएको सामान रिसिभ गर्ने, त्यसमा लुकाएर ल्याएको सुन पगालेर बिस्कुटको आकार दिने र वितरण गर्ने काम गर्थे । यसका लागि टोखाको समूहले तीन वटा गाडी भाडामा लिएर प्रयोग गर्ने गरेको पाइएको छ । लाजिम्पाटको समूहले भने भाडाको ट्याक्सी र स्कुटर प्रयोग गर्ने गरेको थियो ।

यो सबै कामको अनुगमन तथा रेखदेखको जिम्मेवारी भने वाङ दावा जिङ र तोङ चिन हुवाको ५ जनाको समूहको थियो । तर तस्करी गरेर ल्याएको सुन कसलाई बेच्ने भन्ने हङकङबाटै तय हुन्थ्यो । अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरुले सुन किन्नेलाई कोडका रुपमा नेपाली वा भारतीय नोटको नम्बर वा कोड दिन्थे । त्यही कोड टोखा वा लाजिम्पाटको समूहलाई पनि दिइएको हुन्थ्यो । त्यो कोड लिएर कोही आयो भने भेरिफाइ गर्ने र सुन दिने गरेको पाइएको छ । प्रत्यक्ष रुपमा जोडिनुभन्दा बाहिरको मान्छेले यसलाई नियन्त्रण गरेको भन्दै एसपी थापा भन्छन्, ‘लेयर कटअफ् गरेर एकले अर्कालाई नचिन्ने तरिकाले गरेको देखिन्छ ।’

सुनको पैसा भने थोरै सुन दिनेलाई दिएको देखिन्छ । ठूलो हिस्सा भने डिजिटल वालेट र क्रिप्टो करेन्सीको माध्यमबाट हङकङमा रहेको समूहमा पुग्ने परेको पाइएको सीआईबीले जनाएको छ ।
सीआईबीले अनुसन्धान सकेको ब्रेक शुमा लुकाएर ल्याएको सुन थुप्तेनले रिसिभ गरेपछि टोखाको समूहले रिसिभ गरेर गाल्ने र वितरण गर्ने जिम्मा लिएको थियो । यो समूहले गालेर बिस्कुट आकार दिएको सुन बजारसम्म पु¥याउन सुमन खरेललाई प्रयोग गरे । सुमनले बाराका सुनचाँदी व्यवसायी शिवकुमार सर्राफसम्म पुर्‍याएका थिए । सुन किन्ने भारतीय व्यवसायी पनि छन्, तर फरार भएकाले प्रहरीले नाम खुलाएको छैन । सुनको पैसा लिने जिम्मा भने दावा छिरिङले लिएको पाइएको थापा बताउँछन् । नक्कली कागजात प्रयोग गरेर नेपालको नागरिकता र पासपोर्ट समेत लिएका बेल्जियमका नागरिक दावाले ठमेलमा होटल भियाना समेत चलाएका छन् । ‘सुनको तस्करीको वातावरण बनाउने र पेमेन्ट लिने काममा उनको संलग्नता देखिन्छ’ एसपी थापा भन्छन्, ‘उनको खातामा पनि पैसा जम्मा भएको र त्यो रकम ट्रान्सफर भएको देखिन्छ ।’ ब्रेक शुमा लुकाएर नियमित तस्करी गर्ने क्रममा २ साउनमा भन्सार जाँचपास भइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । सीआईबीका अनुसार थुप्तेनले हर्कराजमार्फत भन्सारका पूर्व एजेन्ट राजेन्द्र राईलाई प्रयोग गरेका थिए ।

उनले भन्सार एजेन्ट यादव पराजुलीमार्फत त्यो ब्रेक शु पास गरेका थिए । सीआईबीले रेडी ट्रेडमार्फत तस्करी भएको सुनमा ५० जनालाई प्रतिवादी बनाएको छ र ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ । थुप्तेनले दर्ता गराएका सातमध्ये एउटा कम्पनीबाट समान आयात भएर भन्सारबाट पास भएको थिएन । अरु कम्पनीले भने विद्युतीय उपरकणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ । त्यस्ता सामानमा सुन ल्याएको सीआईबीको आशंका छ । सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले भनिन्, ‘अहिले ब्रेक प्याडको मात्र अनुसन्धान गरेका छौं, अरु सुनको अनुसन्धान गर्न बाँकी छ । यसमा पुरक अनुसन्धान हुनेछ ।’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...