View Point Long Banner Ad

ओली सहभागी कार्यक्रममै पालना भएन एमालेको अपानि ।

ओली

ओली सहभागी कार्यक्रममै पालना भएन एमालेको अपानि ।

१० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन–८ जारी गरेर पार्टी कार्यक्रम सञ्चालनबारे नयाँ शैली अपनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । सचिवालयको २८औं र २९औं बैठकले गरेको निर्णय समेटेर १ भदौमा अध्यक्ष ओलीले कार्यक्रम सञ्चालन शैलीबारे अपानि जारी गरेका थिए । तर एक साताभित्रै स्वयम् अध्यक्ष ओली सहभागी कार्यक्रमहरुमा अपानिको पूर्ण पालना हुन सकेन । ७ भदौमा पार्टी निकट भुतपूर्व सैनिक तथा प्रहरी संगठनले भक्तपुरमा एक कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा बक्ता बाहेकले मञ्च प्रयोग गरेनन् । अतिथिहरुको लम्बेतान आसनग्रहण गराउने प्रचलन समेत तोडेर अपानिअनुसार, कार्यक्रम सञ्चालनको प्रयास भयो । तर ब्याजको प्रयोगबारे व्यवस्था पालना भएन । अरु नेताहरुले ब्याज प्रयोग नगरेपनि स्वयम् ओलीले भने ब्याज लगाएर बसे । कतिपय कुर्सी व्यवस्थापनलाई लिएर समेत टिप्पणी गरेका थिए । किनकि ओलीसहित अतिथिहरुलाई आरामदायी सोफाको व्यवस्था थियो भने सहभागी सामान्य कुर्सीमा बसेका थिए । भुतपूर्व सैनिक तथा प्रहरी संगठन  यसको दुई दिनभित्रै ओली गृह जिल्ला झापामा आयोजित कार्यक्रममा सहभागी भए । गृह नगर दमकमा ९ भदौमा आयोजित अगुवा कार्यकर्ता भेलामा मञ्चमै कुर्सी राखियो । अरु नेताहरु सहभागीसँगै बसेपनि अध्यक्ष ओली, प्रदेशका इन्चार्ज एवम् पार्टी सचिव रघुबीर महासेठ र झापाका नेता तुलसी कार्की मञ्चमै बसे । खादामालाको प्रयोग चाहिँ यो कार्यक्रममा भएन । जबकी ओलीले जारी अपानिमा भनिएको छ, कार्यक्रमको मञ्च वक्ताले मात्र प्रयोग गर्नेगरी अतिथि र बक्ताहरुलाई दर्शकदीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउने र कार्यक्रममा तथा कार्यक्रम शुरु भएपछि आशनग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने निर्णय गरिएको छ । दमकमा ९ भदौमा आयोजित अगुवा कार्यकर्ता भेला दमकबाट विराटनगर आएका ओलीले आज, कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गरे । यो कार्यक्रमको शैली दमकसँग मिल्ने बनाइएको थियो । तर जिवित नेताहरु मध्ये ओलीको तस्वीर ब्यानरमा राख्ने अपानिको निर्देशन भने दमक र विराटनगर दुवै ठाउँको कार्यक्रममा पालना भयो । कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजन ागर्ने सार्वजनिक कार्यक्रममा ९तीन अग्रजहरु– संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त० पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको छ’, अपानिमार्फत् पार्टी पंक्तिलाई निर्देशन गरिएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...