View Point Long Banner Ad

संविधान दिवसमा एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक

एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागु हुने गरी नयाँ दुई विशेष अफर सञ्चालनमा ल्याउने भएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

यी प्याकहरू आइतबारबाट तीन दिनका लागि मात्र संचालनमा रहनेछन् । यसको मतलब ग्राहकहरुले यी प्याकहरू आइतबारदेखि मंगलबार अर्थात असोज २ देखि ४ गतेसम्ममात्र लिन पाउने एनसेलले जनाएको छ । असोज ३ गते सोमबार आठौं संविधान दिवस मनाईंदैछ ।

ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक करसहित रु ५९ खरिद गर्न सक्छन् । यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन् ।

एनसेल बाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र रु ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन् । यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुन्छ ।

संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझ शुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...