बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेपछि…
बीमाको लोभमा परी आफैंले चलाउने टिपर जलाएको भन्दै प्रहरीले दाङमा चालक र सहचालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । मंगलबार बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले चालक र सहचालकलाइ पक्राउ गरेको हो ।
प्रहरी नायब उपरिक्षक राजनकुमार गौतमका अनुसार घोराही–लमही सडकखण्डको बबई खोलाको पुलमा मगलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो ।
एका बिहानै टिपरमा आगो लागेको देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
वि.सं.२०७९ भदौ ७ मंगलवार १३:३७
















