जालसानको अध्यक्षमा देवकोटा निर्वाचित
जापानिज भाषा स्कुल संघ जाल्सान ( JALSAN को अध्यक्षमा रमेश देवकोटा निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १० औं साधारण सभा तथा पाचौं अधिवेशनबाट अध्यक्षमा देवकोटालाई सर्वसम्मत चयन गरिएको हो ।
जालसानको नयाँ कार्यसमितिमा अध्यक्ष देवकोटा सहित प्रथम उपाध्यक्ष निमेश डंगोल, दोस्रो उपाध्यक्षमा मोहन खड्का, महासचिवमा अरुण पाण्डे, सचिवमा महेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा ध्यान बहादुर सुब्बा निर्वाचित भएका छन्।
यस्तै सदस्यहरूमा श्याम बहादुर कंडेल,सुरेन्द्र शाहि, रमेश आचार्य, संजिव जंग वन,कोषराज गिरी निर्वाचित भएका छन्। महेश ढाकाललाई सदस्यमा मनोनित गरिएको छ।
वि.सं.२०७९ भदौ ५ आइतवार १२:३६
















