मोहन वैद्य र धर्मेन्द्र बास्तोलाले पार्टी एकता गर्ने
नेपाल कम्युनिष्ट पार्टी -क्रान्तिकारी माओवादी_ र नेकपा बहुमतबीच पार्टी एकताको सहमति भएको छ ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बीचको वार्ताले पार्टी एकताको सहमति गरेको हो ।
एकताका लागि दुई पार्टीका ६–६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरिएको छ ।
क्रान्तिकारी माओवादीबाट महासचिव किरण, सिपी गजुरेल, हरिभक्त कंडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस रहेका छन् भने नेकपा बहुमतबाट धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दिपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य रहेका छन् ।
वि.सं.२०७९ साउन २० शुक्रवार १३:०७
















