View Point Long Banner Ad

मंसिर ४ गते संसदीय चुनाव हुन्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने दाबी गरेका छन्।

नेकपा माओवादीनिकट प्रेस सेन्टरका पदाधिकारीसँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २–४ दिनमै निर्वाचनको मिति घोषणा हुने बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज–भोलिमै निर्वाचनको घोषणा गर्छु भनेको भए पनि नागरिकता विधेयकलगायत कानुनहरू निर्माण भएपछि मात्रै घोषणा गर्न आफूले सुझाव दिएको बताए।

उनले अहिले कै गठबन्धनलाई निर्वाचनसम्म लैजाने बताएको भेटमा सहभागी पत्रकार दयानिधि भट्टले जानकारी दिए।

‘अहिलेको गठबन्धन निर्वाचनसम्म नै कायम रहन्छ। हामी विचार मिल्नेहरूका बीचमा पनि तालमेल हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै भट्टले भने,‘मैले पार्टीका नेतालाई पनि यही भनेको छु। ढुक्कले निर्वाचनको तयारीमा लाग्नुस्। हामी गठबन्धन बनाएर अघि बढ्नुपर्छ।’

प्रचण्डले माओवादी केन्द्रले निर्वाचन जित्नै पर्ने बताएका थिए। उनले माओवादीले चुनाव नजिते अहिलेको व्यवस्था नै खतरामा पर्ने बताए।

प्रचण्डले अहिले जारी स्थायी कमिटी बैठकबाटै पदाधिकारी चयन हुने बताएका थिए। गत पुसमा महाधिवेशन भए पनि माओवादीले अहिलेसम्म स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउन सकेको छैन।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...