View Point Long Banner Ad

वन मासेर निजी पार्क निर्माण गरेका भन्दै काँग्रेसको आपत्ति

इलामको माई नगरपालिकामा सामुदायिक वन मासेर निजी स्तरबाट पार्क निर्माण गरिएकामा नेपाली काँग्रेस इलाम जिल्ला कार्यसमितिले आपत्ति जनाएको छ । उक्त कार्यसमितिले विज्ञप्ति जारी गर्दै सो आरोप लगाएको हो।

माई नगरपालिका–२ र ८ मा अवस्थित ह्याप्पी ड्रिम्स द्वारा सञ्चालित चेप्टी फनपार्कले सरकारी जमिन हड्पेको समाचार विभिन्न सञ्चारमाध्यममा आएको छ ।

समाचारमा फनपार्क सञ्चालक, वनका कर्मचारी तथा राजनीति दलका प्रतिनिधिको मिलेमतोमा सो कार्य भएकोप्रति पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ । सरकारी वन अनधिकृत रुपमा मास्न र फँडानी गर्न नपाइने भए पनि वातावरणीय दृष्टिले अति संवेदनशील चुरे क्षेत्रमा यस्तो कार्य हुनु असामान्य भएको भन्दै तत्काल छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरिएको छ ।

काँग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरप्रमुख खम्बसिंह लिम्बू, वन कार्यालयका तत्कालीन प्रमुख इन्द्रनारायण भण्डारी र पार्क सञ्चालक दिनेश शिवाकोटीउपर छानबिन हुनुपर्ने माग स्थानीयवासीले समेत गर्न थालेका छन् । साथै अन्य व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने भएकाले यस घटनालाई सामान्य हिसाबले हेर्न नहुने बताइएको छ । सामुदायिक वनको ४५ रोपनी र करिब ३०० रोपनी ऐलानी जग्गा मासेर सो फनपार्क निर्माण भएको उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि स्थानीयवासीले उजुरी दिएको बताइएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...