स्याङ्जाको वालिङमा जिप दुर्घटना: ४ जनाको मृत्यु
स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए । ग १ ज ७३९९ नम्बरको जिप डाँडाखर्कबाट वालिङ बजारतर्फ जाँदै थियो ।
दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा परेर जिप चालक ५५ वर्षीय दिलबहादुर डाला, ५५ वर्षीया मायाकुमारी सारु र ३५ वर्षका योगेन्द्र थापा घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ ।
१८ वर्षीया नबिना सारु र १९ वर्षीया लक्ष्मी डालाको अवस्था अध्यम छ । गम्भीर घाइते भएकालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको डिएसपी अधिकारीले जानकारी दिए ।
वि.सं.२०७९ वैशाख ४ आइतवार १३:३७
















