बैंकिङ्ग कसुरमा फरार अभियुक्त पक्राउ
बैंकिङ्ग कसुर मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ८ लाख ७५ हजार जरिवाना र ४ दिन कैद सजाय ठहर भएका राम एकवाल चौधरीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले आइतबार लाजिम्पाटबाट पक्राउ गरेको हो ।
बाराको पचरौता नगरपालिका–८ घर भएका चौधरी महाराजगञ्जमा बस्दै आएका थिए । ३५ वर्षीय चौधरीलाई उच्च अदालत पाटनले २०७७ फागुन २१ मा जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो । फैसला पछि फरार चौधरीलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको महाशाखाका प्रमुख(एसएसपी) बसन्त कुँवरले बताए ।
वि.सं.२०७८ फागुन २३ सोमवार १४:५२
















