भिजिट भिसा प्रकरण र जेनजी आन्दोलनमा विवादित बनेका दुई सहसचिव सामान्यको जगेडामा
काठमाडौँ । मन्त्रिपरिषद्को असोज १२ गतेको बैठकले ७ सहसचिवलाई सरुवा गर्न गरेको निर्णय सोमबारमात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गर्यो ।
दुवै जनाको गृहबाट सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरी अतिरिक्त समूहमा राखिएको छ ।
त्यही व्यवस्थामा टेकेर रिजालले गोली प्रहार गर्न निर्देशन दिएको आरोप जेनजी वाला र सरोकारवालाहरूले लगाइरहेका छन् । भदौ २४ गतेबाट सुरक्षा घेरामा रहेका सहसचिव रिजाललाई गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालय तानेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत ईश्वरराज पौडेललाई काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । जेनजीहरूले रिजाललाई पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् ।
अख्तियारको टोलीले कार्यालयमा छापा मार्ने क्रममा भट्टराईलाई पनि नियन्त्रणमा लिएर उनीसँग सम्बन्धित डिभाइस नियन्त्रणमा लिएको थियो । भट्टराई अहिले पनि अख्तियारको तारेखमा छन् । उनका डिभाइसमाथि अझै अख्तियारले अनुसन्धान गरिरहेको बताइन्छ ।
जेठ ६ गते नै मन्त्रालयले मन्त्रालयमा तानेका भट्टराई अहिलेसम्म गृहमा कामविहीन थिए । अहिले आएर उनलाई सामान्यमा सरुवा गर्दै (अतिरिक्त समूह)मा राखिएको हो ।
अख्तियारले भट्टराईबारेको छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ । तर, उनीविरुद्ध अझै अदालतमा मुद्दा दायर भएको छैन ।
वि.सं.२०८२ असोज २१ मंगलवार १७:२९
















