View Point Long Banner Ad

राष्ट्रिय लोकदोहोरी आइडलको उपाधि पोखराका सुमन खड्कालाई

काठमाडौं । सांस्कृतिक समाज नेपालद्वारा आयोजित ‘राष्ट्रिय लोकदोहोरी आइडल २०८२’मा पोखराका सुमन खड्का विजेता भएका छन्

काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा  सम्पन्न प्रतियोगितामा  पोखरा गाउँबेसी रोधिघरका कलाकार सुमन खड्काले उपाधि जितेका हुन्।  उपाधिसहित उनले  मोटरसाइकल , नगद ३३,३३३, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्  । त्यस्तै सालघारी दोहोरी साँझकी सँगिना थापा मगर दोस्रो भइन् । उनले स्कुटर, नगद  २२,२२२, ट्रफी र प्रमाणपत्र पाइन्।

कार्यक्रममा अन्य १० उत्कृष्ट कलाकारहरूलाई विभिन्न विधामा  नगद रु १५५५, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।देशभरिका ६९ दोहोरी साँझहरूबाट प्रतिनिधित्व गर्दै आएका  प्रतियोगिताबाट १६ जना कलाकार नेपाल प्रीमियर लिग का लागि छनोट भएका छन्।

कार्यक्रममा विशिष्ट निर्णायकको रूपमा तेजबहादुर केसी र प्राज्ञ दुर्गा रायमाझी थिए । त्यतै निर्णायक मण्डलमा सुवास केसी, राजु ढकाल, प्रचण्ड जिसी, जीवन दाहाल, दीपक खड्का, दुर्गा गुरुङ, कोपिला गौतम, सत्यकला राई तथा निर्णायक सहयोगीको रूपमा भरत बाराकोटी र प्रेम शर्मा थिए ।

पहिलो पटक आयोजना गरेको कार्यक्रमले देशभरि लोक दोहोरी र लोक सङ्गीतको सम्भावना उजागर गर्न ठुलो भूमिका खेलेको सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए । सांस्कृतिक समाज नेपालले यसअघि पनि विभिन्न सृजनशील कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...