View Point Long Banner Ad

टिचिङ अस्पतालका निर्देशक भन्छन्जा–रको पानी किनेर अप्रेसन गरिरहेका छौँ

२० फागुन, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पर्याप्त पानी आपूर्ति नगर्दा त्रिवि शिक्षण अस्पताल (टिचिङ)को सेवा प्रभावित बनेको छ । अस्पतालका निर्देशक डा.सुवास आचार्यका अनुसार अहिले जारको पानी किनेर अप्रेसन भइरहेको छ ।

‘अस्पतालको दुई वटा नै बोरिङ बिग्रिएको छ । अस्तिदेखि प्राविधिक खटाउँदा बनाउन सकिएको छैन,’ डा.आचार्यले भने, ‘ केयूकेएलका निर्देशकसँग पानी दिन हिजो दिनभर फोन गरेँ । तर तीन घन्टा मात्रै पानी छोड्दा हामीलाई समस्या भयो ।’

 

डा. आचार्यका अनुसार केयूकेएलले हिजो राति ८ बजे देखि ११ बजेसम्म मात्रै पानी दिएको छ । ‘बेलुकी ८ बजेदेखि २ बजेम्म पानी दिँदा अस्पतालको ट्याकी भरिन्थो,’ डा. आचार्यले भने, ‘हिजै दिनसक्दिन भनेको भए अर्को व्यवस्था गर्थ्यौँ । केयूकेएलको बदमासीले हामीलाई थप समस्या भयो।’

 

अस्पतालमा दैनिक ८ लाख लिटर पानी खपत हुन्छ । हिजोदेखि नै पानीको समस्या समधान गर्न लागिरहेको डा. आचार्यले जानकारी दिए।

 

पानीको अभावमा बिरामीको उपचारमा कुनै समस्या नपरेको उनले दाबी गरे । ‘जारको पानी किनेर अप्रेसन थियटर र नर्मल स्लाइन लगेर ओटी सर्जरी गरिरहेका छौं,’ डा। आचार्यले भने, ‘ ट्यांकरमा पानी ल्याएर व्यवस्थापन गरिहेका छौं ।’

अस्पतालका एक कर्मचारीले पानी अभावमा सरसफाई प्रभावित भएको बताए ।

त्रिवि शिक्षण अस्पतालमा केयूकेएलको महाराजगञ्ज शाखाले पानी आपूर्ति गर्ने गरेको छ । अरु घरधनीलाई आधा इन्चको पाइपबाट पानी दिने गरिए पनि त्रिवि शिक्षण अस्पताललाई भने दुई इञ्चसम्मको पाइपबाट पानी दिने गरिएको केयूकेएल स्रोत बताउँछ । पानी आपूर्तिको तालिका भने समान हुने गर्दछ ।

केयूकेएल स्रोतले भन्यो, ‘अस्पतालमा पानी आपूर्ति बन्द भएको थाहा पाएपछि गएको रातभरि पानी पठाइएको छ । थप आवश्यक परे ट्याङ्करबाट पनि पठाउने छौँ । अझै पनि केही समस्या रहेछ भने समाधानको तत्काल पहल गर्छौं ।’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...