संसद बैठक १५ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै फागुन १५ गतेसम्मका लागि स्थगित भएको हो ।
सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।
कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।
वि.सं.२०७८ फागुन १३ शुक्रवार १२:३१
















