एक किलो सुनसहित बंगलादेशी नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार एक किलो अवैध सुनसहित बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
प्रहरीले जाँच गर्ने क्रममा दुबईबाट आएका उनलाई सुनसहित पक्राउ गरेको हो ।
धुलो जस्तो बनाएर सुन ल्याएको महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।
थप अनुसन्धान भइरहेको उनले बताए ।
वि.सं.२०७८ फागुन ९ सोमवार १७:१२
















