View Point Long Banner Ad

नेसपाको दलित उपाध्यक्षमा दुर्गा सोब र महिला उपाध्यक्षमा मानुषीको एकल उम्मेदवारी

२९ माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) नयाँशक्ति पार्टीका दलित उपाध्यक्ष पदमा दुर्गा सोब र महिला उपाध्यक्ष पदमा मानुषी यमी भट्टराईको एकल उम्मेदवारी परेको छ ।

आदिवासी जनजाती उपाध्यक्षमा भने चार जनाको उम्मेदवारी परेको छ । जसमा रामबहादुर घले, टेकबहादुर बाठामगर, अनुपसिंह सुवाल र दलबहादुर लिम्बु छन् ।

 

यसैगरी मधेशीरथारु उपाध्यक्षमा उमेश साह र चिनक कुर्मीको उम्मेदवारी परेको छ ।

उपाध्यक्ष ५ जनामध्ये महिला, खसआर्य, आदिवासी जनजाति, मधेशीरथारू, दलित कोटाबाट चुनिने छन् ।

 

नेसपा नयाँशक्तिको संशोधित विधान अनुसार केन्द्रीय समिति ९९ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा ९० जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् चुनिने छन् । ९ जना भने मनोनीत हुनेछन् । पदाधिकारीको संख्या ११ हुनेछ ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशन अन्तर्गत गएराति उम्मेदवारी दर्ताको कार्यक्रम थियो । आज दाबी विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरेपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुने छ । त्यतिबेला एकल उम्मेदवारी परेका दुर्गा सोब र मानुषी यमी भट्टराईलाई औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।

अध्यक्ष पदमा भने अध्यक्षमा डा। बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी महासचिवमा घमानसिंह गुरुङ, सोनाम सिंह स्याङ्तान र राजु नेपाको मनोनयन दर्ता भएको छ ।

खुला सचिवमा भरतराज दाहाल, दानबहादुर सहकारी, लक्ष्मण कार्की र छन्दबहादुर पन्थीको उम्मेदवारी परेको छ ।

महिला सचिवमा श्रीजना सुवेदी, आशाकुमारी तामाङ र सृजना रिजाल नेपालले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्ष पदमा हरिप्रसाद रिजाल र गोकर्णप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...