View Point Long Banner Ad

नेता, भूमाफिया र दलालहरूले जनताको पसिना चुसे ः प्रचण्ड

 

२२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू दोस्रो र तेस्रोपटक प्रधानमन्त्री हुँदा गरिबी र भ्रष्टाचारमा मुछिएकाहरूबारे राम्रोसँग अनुभव गर्न पाएको बताएका छन् ।

मंगलबार म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले राजनीतिक दलका नेता, भूमाफिया र दलालहरूले देशको सुशासनविरुद्ध खेलिरहेको थाहा पाएको बताए ।

 

‘मैले दोस्रो र तेस्रो पटक प्रधानमन्त्री हुँदा नेपाल र नेपाली जनतालाई गरिबी र भ्रष्टाचारमा राख्ने को हुन भन्ने बुझेँ, देखेँ,’ प्रचण्डले भने, ‘यीनीहरूविरुद्ध एउटा नयाँ आन्दोलन मैले छेड्नैपर्छ । हजारौं नयाँ बेपत्ताहरूको सपना, समाजमा भएका विभेद र विकृतिविरुद्ध, सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मैले नलडे कसले लड्छ भन्ने लाग्यो ।’
त्यसपछि आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा नेपाल र नेपालीका लागि सकिनेजति गरेको बताए ।

‘नेपालको स्वतन्त्र परराष्ट्र नीति अन्तर्गत दुईवटा ठूला छिमेकीसँग राम्रो सम्बन्ध बनाएर नेपाल र नेपालीका लागि के गर्न सकिन्छ भनेर आफूले सकेजति गरेँ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘पहिलो पटक भारतको प्रधानमन्त्रीले आफ्नै मुखबाट सिमानाको समस्या संवादबाट हल गर्छौं भनेर पहिलोपटक भन्नुभयो । आफैंमा यो एउटा इतिहास हो ।’

 

उनले अघि भनेका छन्, ‘जति दिन सिंहदरबारमा रहन्छु, एउटा रेकर्ड बनाउने मेरो प्रयास हुनेछ भनेको थिएँ । त्यसको निम्ति सबैभन्दा ठूलो कुरा यो देशलाई सधैँ पछि पार्ने बिडम्बना भनेको, विकृति भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचारमा राजनीतिक दलका नेता पनि राम्रैसँग मुछिने गरेको, भूमाफिया र दलालहरूले त जनताको पसिना नराम्रोसँग चुस्ने गरेको रहेछ ।’

आफू भारत भ्रमणका बेलामा एकैचोटी ८ वटा परम्परागत सम्झौतामा हस्ताक्षर गरेको उनले जिकिर गरे ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...