मन्त्री आलेको अपशब्द सामाजिक सञ्जालमा भाइरल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अपशब्द बोलेर एक युवकलाई तथानाम गाली गरेको अडियो भाइरल बनेको छ ।
कुराकानी सुन्दा दुवैजना परिचित जस्तो लाग्छ । अडियोमा मन्त्री आलेले युवालाई अपशब्द बोलेर गाली गर्दै अपहरणको धम्की समेत दिएका छन् ।
उक्त अडियो सामाजिक सञ्जालमा व्यापक शेयर भइरहेको छ । प्रायले मन्त्री आलेको आलोचना गर्दै अडियो शेयर गरिरहेका छन् ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १२:५८
















