View Point Long Banner Ad

संसद्‌मा रास्वपाको नयाँ शैली स् आफैं समय तोकेर बैठक बहिष्कार

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरुले संसद बहिष्कारमा नयाँ शैली प्रयोग गरेका छन् । संसदको पाँचौं अधिवेशनको पहिलो दिन रास्वपा सांसदले समय तोकेरै १५ मिनेट संसद बहिष्कार गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ गर्दै राष्ट्रपतिबाट संसद आह्वान भएको पत्र वाचन गर्न लाग्दा रास्वपाका सांसदहरु उभिएका थिए । सभामुख घिमिरेले उनीहरुलाई पटक पटक बस्न आग्रह गरे ।

 

‘दलीय आधारमा समय निर्धारण गरेर दलको प्रतिनिधिको हिसाबले पनि विचारहरु राख्ने व्यवस्था गरेका छौं । माननीयहरुले त्यही कार्यसूचीलाई साथ दिनुहुन आग्रह गर्दछु,’ सभामुख घिमिरेले भने । उनको आग्रहलाई रास्वपा सांसदले अस्विकार गरे ।

रास्वपाले सुरुमा आफ्ना धारणा राख्न माग गरिरहेका थिए । दलीय आधारमै तय गरिएको समयमै आफ्नो धारणा राख्न पुनः सभामुख घिमिरेले आग्रह गरे । आफ्नो अनुकूल मात्रै सभा सञ्चालन कार्यविधिको व्याख्या नगर्न सभामुख घिमिरेले सुझाव दिए ।

 

दलीय व्यवस्था अनुसार निर्धारण गरेको समयमा मात्रै धारणा राख्न पाउने ध्यानाकर्षण पटक–पटक गराए । सभामुख घिमिरेले बस्न आदेश नै दिए । ‘आग्रहले नपुगेर आदेश दिन्छु, यहाँहरु बस्नुस्,’ घिमिरेले भने । प्रतिनिधि सभा सञ्चालन विधिको व्यवस्था समेत सुनाउँदै दलीय आधारमा बोल्दा केही समय थप उपलब्ध गराउन सकिने सभामुख घिमिरेले आश्वासन दिए ।

 

राष्ट्रपति कार्यालयका पत्रहरु पढेर सभामुख घिमिरेले सुनाउने बताएसँगै रास्वपाका सांसदहरुले टेबल ठोकेर विरोध जनाए । रास्वपाका सांसदहरुले विरोध जारी रहँदै सभामुख घिमिरेले सभा सञ्चालन गरे ।

विषयसूचीमा जानकारी लागि सहयोगको अपेक्षा सभामुखले गरिरहे । तर, रास्वापका सांसदले उठेर विरोध जनाइरहे । सभामुखले बोल्न दिएपछि मात्रै बोल्न पाउने सञ्चालन कार्यविधि जानकारी गराए ।

रास्वपालाई चेतावनी शैलीमा ‘आफूलाई लागेको मात्रै उपयुक्त नहुने’ भन्दै सभाुमखले सभा सञ्चालन गरे ।

उहाँले ९सभामुखले० समय हामीलाई दिनुभएन । त्यसको विरोधस्वरुप १५ मिनेट सदन बहिष्कार गर्ने निर्णय गरेका थियौं(सोविता गौतम, रास्वपा सांसद
सभामुख घिमिरेले सभा सञ्चालन गरेपछि रास्वपाका सांसदहरुले सदन बहिष्कार गरे । १५ मिनेटका लागि भन्दै उनीहरु बैठक कक्षबाट बाहिरिए । त्यसपछि सभामुख घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधनको समय दिए ।

प्रधानमन्त्री ओलीले बोल्न सुरु गर्दा रास्वपाका सांसदहरु बैठक कक्षमा थिएनन् । प्रधानमन्त्रीले करिब १५ मिनेट बोलिसक्दा रास्वपाका सांसदहरु पनि बैठक कक्षमा प्रवेश गरेर आ–आफ्नो स्थानमा बसे ।

संसद भवन प्राङ्गणमा निस्केर बोल्ने क्रममा रास्वपा सांसद सोविता गौतमले विशेष कुराहरु राख्न चाहेर सभामुखसँग समय मागेको बताइन् । तर समय नपाएकाले बैठक बहिष्कार गरेको उनले बताइन् । ‘उहाँले ९सभामुखले० समय हामीलाई दिनुभएन । त्यसको विरोधस्वरुप १५ मिनेट सदन बहिष्कार गर्ने निर्णय गरेका थियौं,’ गौतमले भनिन् ।

‘यो शोभनीय होइन’

सामान्यतया संसदमा बैठक चलिरहेका बेला एकजना मात्रै उभिए पनि बैठक अघि नबढाउने अभ्यास छ । बेलायतको संसदको यो अभ्यास नेपालमा पनि अनुसरण हुँदै आएको छ । तर आज रास्वपाका सांसदहरु उभिरहँदा सभामुख घिमिरेले बैठकको कारबाही अघि बढाए । उनीहरुले बैठक बहिष्कार गर्दा पनि संसद बैठकको कारबाही सभामुखले रोकेनन् ।

संसदीय मामिलाका जानकारहरु यो शैलीलाई शोभनीय मान्दैनन् । संसद सचिवालयका पूर्व सचिव सोमबहादुर थापा भन्छन्, ‘यो शोभनीय कुरा होइन ।’

 

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...