View Point Long Banner Ad

अध्ययन बिदा लिएर संघ–संस्थामा कार्यरत प्राध्यापकमाथि पनि त्रिविले थाल्यो छानबिन

१५ माघ, काठमाडौं । अध्ययन बिदा लिएर सरकारी तथा गैरसरकारी संघसंस्थामा काम गरिरहेका शिक्षकमाथी पनि त्रिविले अनुसन्धान थालेको छ ।

अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकको खोजी गर्न गठित समितिले संघ संस्थामा कार्यरत प्राध्यापकमाथि पनि छानबिन गर्न लागेको हो ।

 

प्राध्यापकहरुले अध्ययन बिदा लिएर संघ संस्थामा काम गरिरहेको उजुरी परेपछि त्रिविले छानबिन गर्न लागेको हो । ‘हामीले पाएको टिओआर भित्र रहेर काम गरिरहेका छौं । अध्ययन बिदा लिएर नफर्किने, संघ संस्थामा काम गर्ने सबैको खोजी गरेर प्रतिवेदन तयार गर्छौं,’ खोजबिन समितिका संयोजक डा.जीवन काफ्लेले भने ।

अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकबारे बुझ्न समितिले डीन, निर्देशक, क्याम्पस प्रमुखसँग पनि छलफल गर्ने भएको छ । अध्ययन बिदामा विदेशको जुन विश्वविद्यालयमा वा अन्य संस्थामा गएको हो त्यो ठाउँमा पत्राचार त्रिविले गर्ने भएको छ । अध्ययन बिदाको दुरुपयोग भएपछि नीतिगत सुधार पनि त्रिविले गर्ने भएको छ । ‘नीतिमा के परिमार्जन गर्न सकिन्छ सबै पक्षसँग राय सुझाव लिएर नीतिगत सुधारको पनि सिफारिस गर्छौ,’ समिति संयोजक काफ्लेले भने ।

 

समितिलाई तीन महिनाको समय दिइएको छ ।

विश्वविद्यालयको नियममा ५ वर्षसम्म अध्ययन बिदामा बस्न पाउने प्रावधान छ । ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।

यदि नफर्किएमा वा सेवा नगरेमा खाएको तलब १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ । बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भएपनि खाएको रकम असुल गर्ने भनिएको छ ।

२०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् । कति फर्किए कति फर्किएका छैनन् भन्ने तथ्यांक त्रिविसँग नभएपछि खोजबिन गर्न समिति बनाइएको हो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...