कामु प्रधानन्यायाधीश बने दीपक कुमार कार्की
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि कार्की कामु प्रधानन्यायाधीश बन्ने भएका हुन् ।
कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । संविधानको धारा १०१ उपधारा २ बमोजिम महाअभियोग प्रस्ताव दर्ता भएपनि उपधारा ६ बमोजिम महाअभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीशसर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य संर्बधाानिक निकायका प्राुख वा पदाधिकारले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कायव सम्पादन गर्न नपाउने व्यस्था छ ।
वि.सं.२०७८ फागुन १ आइतवार १३:५१
















