View Point Long Banner Ad

प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए

९ माघ, काठमाडौं । भोजपुरबाट काठमाडौं ल्याउँदै गर्दा बाटोबाटै भागेका नाइजेरियन नागरिक पक्राउ परेका छन् ।

भोजपुरबाट मंगलबार काठमाडौं ल्याउँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, अधेरी पुलनजिकै उनी बिहान ६ः१० बजे प्रहरीलाई छलेर भागेका थिए । लामो निगरानी र खोजीपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी गोविन्द काफ्लेले अनलाइनखबरलाई बताए ।

 

‘भागेर जंगलतिर लुकेर बसेका थिए, त्यसपछि सर्वसाधारणलाई समेत उनको हुलिया बताएर कतै देखिए खबर गर्न भनेका थियौं’, काफ्लेले भने, ‘त्यसक्रममा उनी मुख्य बाटोतिर निस्किएको खबर आएको थियो ।’

त्यही क्रममा गाडीमा चढेर काठमाडौं आउने क्रममा प्रहरी चौकी गढीको टोलीले ती नाइजेरियन नागरिकलाई पक्राउ गरेको उनले बताए ।

 

२५ वर्षीय नाइजेरियन नागरिक ओलुवासोगो ग्लोरीलाई भोजपुर प्रहरीले ७ माघमा भोजपुरको पौवादुम्मा गाउँपालिका–३ बाट पक्राउ गरेको थियो । त्यसक्रममा उनलाई नियन्त्रणमा लिएर भोजपुरका प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलीले उनलाई को १ झ ६१६ नम्बरको गाडमिा उनलाई काठमाडौंतर्फ ल्याइँदै थियो ।

प्रहरीका अनुसार, अध्यागमन विभागको मुद्दा शाखामा उपस्थित गराउनक ालागि उनलाई टोलीले ल्याइरहेको थियो । त्यही क्रममा शौच गर्न निस्किएका बेला उनी भागेका थिए ।

 

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...