View Point Long Banner Ad

कोशी प्रदेश सभामा राजेन्द्र राईको प्रश्न– ‘सरकारको हालखबर कस्तो छ

 

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले सरकारको हालखबर सोधेका छन् । प्रदेश सभाको छैटौं हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सोमबार राईले सरकारको हालखबर सोधेका हुन् ।

विकास निर्माणको काम गर्न वर्तमान सरकारले चासो नदिएको बताउँदै उनले प्रश्न गरे– ‘सरकारको हालखबर कस्तो छ र’

 

सरकारको कार्यशैलीको चर्को आलोचना गरेका राईले विनियोजित बजेट कार्यान्वयन गराउन सरकार चुकेको चर्चा गरे । ‘यो बिचमा धेरै जिल्ला र गाउँ डुलियो, यसरी डुल्दा देखियो, योजनाको प्रगति छैन, ठेक्का लागेका बहुवर्षीय योजनामा कुनै प्रगति छैन,’ उनले भने, ‘यसैले सरकारको हालखबर सोध्न मन लाग्यो ।’

उनले बहुवर्षीय योजनाको काम पनि नगर्ने, क्रमागत पनि नगर्ने हो भने सरकार किन चाहियो भन्ने उनको अर्को प्रश्न थियो । उनले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिइँदा पनि भेदभाव गरिएको गुनासो गरे ।

 

‘पूर्वमुख्यमन्त्रीलाई सवारीसुविधा दिँदा घुमाएर, मिलाएर एकजनालाई मात्रै दिइयो, त्यो पनि को भन्दा अदालतले तीनपटकसम्म विभिन्न कारणले अमान्य ठहर गरेको व्यक्ति,’ उनले भने ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...