चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
१ माघ, काठमाडौं । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी नगरपालिका(३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका एसपी गौतम मिश्रले बताए ।
उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको छ ।
घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय माडीको टोली घट्नास्थलतर्फ गएको उनले बताए ।
वि.सं.२०८१ माघ १ मंगलवार १८:२०
















