View Point Long Banner Ad

युक्रेनद्वारा रुसी सहर सुड्झासहित दर्जनौँ बस्ती कब्जा

युक्रेनले रुसको पश्चिमी कुर्स्कमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको दाबी गरेको छ।

युक्रेनका शीर्ष कमान्डर ओलेक्सान्डर सिर्स्कीले यस सैन्य शिविरबाट रुसमाथि आक्रमण जारी रहेको बताएका छन्।

सिर्स्कीका अनुसार पश्चिमी कुर्स्क क्षेत्रमा खोलिएको यो कार्यालयले कानुन र व्यवस्था कायम राख्नेछ र जनताको तात्कालिक आवश्यकताहरू पूरा गर्नेछ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा जनरल सिर्स्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा कार्यालय निर्माण गरिएको उल्लेख गरेका छन्।

यसैबीच, रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले युक्रेनको कदमप्रति प्रतिक्रिया व्यक्त गर्दै कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताए।

युक्रेनले पनि बिहीबार रुसी क्षेत्रमा लाभ हासिल गरेको दाबी गरेको थियो । जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुर्क्स क्षेत्रमा ३५ किलोमिटरसम्म प्रवेश गरेको छ। उनीहरूले ८२ बस्तीसहित १,१५० वर्गकिलोमिटर क्षेत्र ओगटेका छन्।

युक्रेनको रुसमाथि भएको यो अहिलेसम्मकै सबैभन्दा घातक आक्रमण हो। तर, युक्रेनले भने रुसी भूमि कब्जा गर्न इच्छुक नरहेको बताएको छ। युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ह्योरही टाइकीले बुधबार एक वक्तव्य जारी गर्दै रुसलाई शान्ति स्थापनाका लागि दबाब दिने प्रयासअन्तर्गत उक्त आक्रमण भएको बताएका थिए।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...