View Point Long Banner Ad

पोखरामा अन्तर्राष्ट्रिय ‘बेलुन फेस्टिबल’ हुने

कास्की । पर्यटकीय राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन फेस्टिबल हुने भएको छ ।

पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यले बेलुन नेपाल प्रालिले फेवातालको मुहान क्षेत्रमा फेस्टिबल आयोजना गर्न लागिएको हो । पोखरामा आयोजित कार्यक्रममा प्रालिका अध्यक्ष विक्रम बाडेले अङ्ग्रेजी नयाँ वर्षका अवसर पारेर आगामी पुस १४ देखि १८ गतेसम्म फेस्टिबल हुने जानकारी दिए ।

छ करोड ५० लाख खर्च हुने अनुमान गरिएको फेस्टिभलले पोखराको पर्यटनमा उत्साह थप्दै शिथिल पर्यटन क्षेत्रलाई माथि उठाउन सफल हुने विश्वास गरिएको उनले बताए । अध्यक्ष बाडेका अनुसार फेष्टिबलमा विश्वका विभिन्न देशबाट करिब २० देखि २५ वटा बेलुन निर्यात गरिने छन् ।

नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा पर्यटन परिषद्लगायतका सङ्घ संस्थाको सहयोग र सहकार्यमा फेस्टिबल हुने जनाइएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरामा यस प्रकारको महोत्सव आयोजना हुनु खुसीको कुरा भएको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फेष्टिबल पोखरा र समग्र गण्डकी प्रदेशका लागि ऐतिहासिक कार्यक्रम हुने धारणा राखे ।

पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख नवीन पोखरेलले फेस्टिबलले पोखरामा पर्यटकको बसाइ अवधि लम्बाउन र नयाँ सम्भाव्यताको खोजी गर्न कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

बेलुन नेपालका सञ्चालक सविन महर्जनले आफ्नो संस्थाले पोखरामा ‘हट एयर बेलुन’ सञ्चालनमा ल्याइरहेको बताए । बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिने उनको भनाइ छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...