कश्मीर हमलामा मारिएका सुदीप न्यौपानेलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन
काठमाडौं । भारत प्रशासित राज्य जम्मु(कश्मिरको पहलगाममा यही अप्रिल २२ तारिख भएको आतंकवादी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेलाई न्या माग गर्दै शनिबार काठमाडौँस्थित पाकिस्तानी दूतावासबाहिर विरोध प्रदर्शन गरिएको छ।
युवाहरूले सुदीप न्यौपानेको तस्बिर अंकित ब्यानर बोक्दै गरेको प्रदर्शनमा राप्रपाको ब्यानर पनि देखिएको थियो।
विभिन्न नारा लेखिएका ब्यानर बोकेका प्रदर्शनकारीले घटनाका विषयमा मुस्लिम आयोग नबोलेको भनी टिप्पणी गरेका थिए।
गत मंगलबार पहलगाममा आतंककारीले धर्म सोधी सोधी २६ पर्यटकलाई गोली हानेर मारेका थिए। तीमध्ये त्यहाँ घुम्न पुगेका रुपन्देही बुटवलका सुदीप न्यौपाने पनि मारिएका हुन्।

वि.सं.२०८२ वैशाख १३ शनिवार १३:५५
















