View Point Long Banner Ad

यस्ता व्यक्तिले बिर्सेर पनि नखानुहोस् रुख कटहर, यस्ता छन् हानी

रुख कटहर स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । कटहरमा थुप्रै पोषक तत्व पाइन्छन् । कटहरको सेवनले प्रतिरोधी क्षमता वृद्धि हुनुका साथै पाचन क्रियामा पनि सुधार आउँछ, साथै यसले कब्जियतको समस्यामा पनि राहत प्रदान गर्छ । मुटु रोग, कोलन क्यान्सर र पायल्सको समस्यामा पनि कटहर निकै फाइदाजनक हुन्छ ।

कटहरमा भिटामिन, मिनरल्स, फाइटोन्युट्रियन्ट्स, कार्बोहाइड्रेट, इलेक्ट्रोलाइट्स, फाइबर र प्रोटिन पाइन्छन् । यद्यपि, कटहरमा क्यालोरीको मात्रा धेरै हुन्छ, तर पनि यो कोलेस्ट्रोल वा स्याचुरेटेड फ्याटबाट छुटकारा दिन सक्छ । कटहरका फाइदा हुनुका साथै यसका केही बेफाइदा पनि छन् । यस्तो अवस्थामा केही मानिसहरुले कहटर खानु हुँदैन । यसबारे जानकारी लिऔँ ।

कतिपय व्यक्तिलाई यसको सेवनले विभिन्न खालका हानी वा एलर्जीको सामना गर्नुपर्ने हुनसक्छ ।

बिर्च पोलन एलर्जी 
यस्ता मानिसहरुमा जसलाई बिर्च पोलन एलर्जी छ, उनीहरुले रुख कटहर खानुहुँदैन । यो वसन्तको मौसममा हावाबाट हुने एलर्जी हो ।

यस्ता मानिसहरु जसलाई रगतसँग सम्बन्धित कुनै रोग छ, उनीहरुले पनि रुख कटहरको सेवन गर्नु हुँदैन ।

यद्यपि, कटहर मधुमेहका बिरामीका लागि निकै फाइदाजनक साबित हुनसक्छ तर मधुमेहका बिरामीले कम मात्रामा मात्रै यसको सेवन गर्नुपर्छ नभए यसले शरीरमा ग्लुकोजको स्तर बढाउन सक्छ ।

गर्भावस्थामा कटहर खाने विषयमा मानिसहरुको भिन्न–भिन्न धारणा छन् । यद्यपि, यसका कुनै वैज्ञानिक प्रमाण छैनन् । गर्भवती महिलाले कटहरको सेवन गर्नु हुँदैन भन्ने गरिन्छ । यसले उनीहरुको गर्भपतन हुने खतरा बढ्न सक्छ ।

यदि तपाईंको कुनै पनि प्रकारको शल्यक्रिया हुँदै छ भने त्यसको दुई हप्ता अघिदेखि नै तपाईंले रुख कटहर खान बन्द गर्नुपर्छ ।

यदि तपाईं औषधी सेवन गर्नुहुन्छ भने, त्योसँग कटहर नखानुहोस् । यसले तपाईंलाई निद्रा नलाग्ने समस्या निम्त्याउन सक्छ ।

कस्ता व्यक्तिलाई कटहर खाँदा फाइदा ?
कटहरमा एन्टिअक्सिडेन्टको उच्च मात्रा पाइन्छ । यद्यपि, यसले कोलन क्यान्सरको उपचारमा प्रत्यक्ष रुपमा प्रभावित गर्दैन तर यसले क्यान्सरलाई बढ्नबाट भने रोक्ने गर्छ । पायल्स हुँदा पनि कटहरको सेवन फाइदाजनक हुनसक्छ । कब्जियतका कारण पायल्स हुनसक्छ । कटहरमा फाइबरको मात्रा धेरै हुने भएकोले यसले कब्जियत समस्या हुँदा पनि फाइदा पुर्याउँछ ।

कटहर भिटामिन एको राम्रो स्रोत मानिन्छ । भिटामिन ए आँखाका लागि अत्यावश्यक हुन्छ । यसमा पाइने एन्टी अक्सिडेन्टले आँखाको ज्योति पनि बढ्छ । यसमा ल्युटिन जेक्सेन्थिन हुन्छ जसले आँखालाई हानिकारक युभी किरणबाट जोगाउँछ । कटहर मेक्युलर डिजेनेरेशनलाई रोक्न पनि मद्दत गर्छ । कटहरले रतन्धोलाई रोक्न पनि फाइदाजनक मानिन्छ ।

कटहरमा दमका लक्षण जस्तै सास फेर्न गाह्रो, घ्यारघ्यार र प्यानिक अट्याकलाई कम गर्ने तत्व पनि पाइन्छ । कटहरको जरालाई उमालेर त्यसको पानी खाँदा दमको लक्षणलाई कम गर्न सकिन्छ ।

कटहर खाँदा ब्लड सुगरको स्तरलाई कम गर्न पनि मद्दत मिल्छ । शरीरमा ब्लड सुगर बढ्ने एउटा मुख्य कारण म्यागनिजको कमी हो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...