View Point Long Banner Ad

अमेरिकाको बाल्टिमोरमा मखमली सांगीतिक साँझको आयोजना हुँदै

नेपालीहरुको दोस्रो महान चाड दीपावलीको अवसरमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा यहि अक्टुबर २७ मा भव्य मखमली सांगीतिक साँझको आयोजना हुँदै छ । लोकप्रिय लोकदोहोरी अग्रज गायिका सिर्जना विरही थापाको संयोजन साथै सुप्रसिद्ध लोकदोहोरी गायक तथा सर्जक राजन ठकुरीको कलाकार संयोजनमा यहि २७ अक्टोबर २०२४ मा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मखमली सांगीतिक साँझको आयोजना हुन् लागेको हो ।

सोहि कार्यक्रमका लागि अमेरिका पुग्नु भएका अग्रज लोक दोहोरी गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मालाई आयोजकले विशेष स्वागत सम्मान गर्दै छ त्यसैगरी अग्रज तथा कुशल दोहोरी गायक, समाजसेवी म्याग्दी सामाजका संस्थापक अध्यक्ष पारसमणि श्रेष्ठको प्रत्यक्ष दोहोरी गायन तथा सम्मान कार्यक्रम रहेको छ ।

कार्यक्रममा बरिस्ठ लोक दोहोरि गायिका डोलमाया गुरुङ, नृत्य निर्देशक तथा मोडल शंकर विसी, संगीत संयोजक तथा गायक कमल सौराग लोक प्रीय गायिका मुना थापा, गायक मोडल ,सर्जक सज्जन बोहोरा, गायक सङितकार अमृत रामदाम, लोकप्रिय लोकदोहोरी गायीका सुमित्रा लामा, चर्चित लोक दोहोरि गायक भीमसेन शाह, लोकदोहोरी गायिका गोमा गुरुङ, सङितकार सुजन रामदाम, नवनायिका मुस्कान गुरुङ र सङितकार राजेश खड्गीको प्रस्तुति रहने भएको छ ।

कार्यक्रम अक्टुबर २७ तारिखको बेलुका ६ बजे देखि १२ बजेसम्म हुनेछ । उक्त कार्यक्रममा अग्रज व्यक्तित्व पारसमनी श्रेष्ठ, सिर्जना बिरही थापा, मुना थापा, सुमित्रा लामा र गोमा गुरुङबीच कलाकारहरुको रमाइलो प्रत्यक्ष लाइभ दोहोरी हुने छ ।

सोहि समयमा उक्त लाइभ दोहोरी गीतको छायांकन समेत गरिने छ । मखमली सांगीतिक साँझ कार्यक्रम अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रहेको फेमिली किचेन मा सम्पन्न हुदैछ । नेपाली गीत संगीत क्षेत्रका चर्चित नृत्य निर्देशक तथा मोडेल शंकर विसीद्वारा निर्देशन र छायांकन गरिने त्यस कार्यक्रमलाई नेपालका लोकप्रिय संचार माध्यमबाट प्रशारण गरिने भएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...