View Point Long Banner Ad

‘उपहार’ फिल्मलाई लिएर उत्साहित छु : अभिनेत्री थापा

काठमाडौं । आजबाट अभिनेत्री रेखा थापाको बहुप्रतिक्षित फिल्म उपहार हलहलमा प्रर्दशनमा आउँदैछ । अघिल्ला चलचित्रको समयमा भन्दा यो पल्टचाहिँ एकदमै उत्साहित रहेको अभिनेत्री थापाले प्रतिक्रिया दिईन् ।

मैले काम गरेका र निर्माण गरेका अघिल्ला चलचित्रहरू प्रदर्शनको समयमा नर्मस हुन्थेँ म । यो पटकचाहिँ उत्साहित छु अभिनेत्री थापाले भनिन्, अहिले जति पनि हलमा चलिरहेका छन्, तीभन्दा फरक स्वाद ‘उपहार’मा पाउनुहुनेछ । अभिनेत्री थापाका अनुसार फिल्मको कन्टेन अहिले चलिरहेको भन्दा फरक छ । कथाकारले पनि एकदमै फरक शैलीमा राम्रो कथा तयार पारेका छन्,भने निर्देशकीय पक्षबाट पनि मिहिनेत गरिएको छ ।

मैले अघिल्ला फिल्ममा गरेको गल्ती यसमा सुधारेको छु । यो फिल्म हेरुन्जेल दर्शकलाई बोर लाग्दैन । फिल्म हेरुन्जेल दर्शकलाई हरेक क्यारेक्टरमा म हुँ भन्ने लाग्छ । यो फिल्म युनिभर्सल फिल्म हो भन्न रुचाउँछु । चलचित्रमा सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेका गरिएको छ । यहाँ समाज रुपान्तरणका कुरादेखि समाजमा भइरहने घटनाक्रम पनि उठान गरेका छौँ, अभिनेत्री थापाले भनिन्, “मेरो चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने गरेको छ । त्यही शैलीलाई निरन्तरता दिएकी छु हामीलाई माया गर्नुहुन्छ भन्ने विश्वास लिएको छु।”

‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको रेखा बताईन् । नेपाली चलचित्रमा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने रेखाले त्यो आरोपलाई ‘उपहार’ ले गलत साबित गर्ने दाबी गर्ने उल्लेख गरिन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्कीलगायतका कलाकारले अभिनय गरेका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...