विदेशमा पनि प्रदर्शन हुँदै ‘महाजात्रा’
काठमाडौँ । नेपाली फिल्म ‘महाजात्रा’ नेपालसँगै विदेशमा एकसाथ प्रदर्शन हुने घोषण र्निमाताले गरेको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्ले प्रदर्शनका लागि वितरण गर्न लागेको यसका निर्देशक प्रदीप भट्टराईले जनाए ।
यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।
नेपाली फिल्मको बजार विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका एमएसएम इन्टरटेनमेन्टस्ले ‘जात्रा’का दुवै शृङ्खला दर्शकको मन जितेको कारण विश्वभर एकसाथ भव्य रुपमा प्रदर्शन हुने जनाएको छ ।
फिल्मका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ तयार भएको बताए ।आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसमे निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’का निर्देशक भट्टराईले बताए ।
वि.सं.२०८० फागुन १७ बिहीवार १५:१५
















