रहेनन् गायक भक्तराज आचार्य
काठमाडौं । गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ ।
गायक आचार्य विगत केही समयदेखि बिरामी थिए । बिरामी आचार्यलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो ।
उनको ८१ वर्षको उमेरमा निधन भएको हो । निधन भएका आचार्यको शव भोलि बिहान अन्तिम श्रद्धान्जलीका लागि ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ ।
वि.सं.२०८० फागुन १४ सोमवार १८:२५
















