चलचित्र ‘लन्डन टु पेरिस’को छायांकन सकियो
काठमाडौं । चलचित्र ‘लन्डन टु पेरिस’को छायांकन सम्पन्न भएको छ। कोरोना महामारी कम भएपछि यो चलचित्रको बहुसंख्यक छायांकन बेलायतमा गरिएको थियो । बाँकी छायांकन मुम्बईमा यतिबेला सम्पन्न गरिएको चलचित्र निर्देशक घनश्याम लामिछानेले बताए।
आफ्नो छायांकन सकेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु अभिनेता निश्चल खड्का भारतको मुम्बईबाट नेपाल फर्कि सकेका छन् । सिनेमाको अन्तिम सम्पादन सकिएपछि रिलिज डेट घोषणा गरिने भएको छ । यो चलचित्र प्रेम कथामा आधारित रहेको र सिनेमाले दर्शकको मन जित्नेमा आफू आशावादी रहेका छन् ।
ट्राभल लभस्टोरीको कथामा चलचित्र निर्माण गरिएको हो । निश्चल र गरिमा यही सिनेमाबाट डेब्यु गर्दै छन् ।
सिनेमाको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सहनिर्मातामा अजित सिंह छन् ।
वि.सं.२०८० फागुन ६ आइतवार १३:२२
















