विद्यार्थी र अभिभावकहरुको चाहनालाई समेत मध्यनजर गरी पालिकालाई दरबन्दी कटौती नगर्न भन्दै पटक पटक पत्राचार गरेपनि बेवास्ता गरेपछि विरोधमा उत्रिन बाध्य भएको उनले जानकारी दिए ।
विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई समेत खबर नगरी दरबन्दी कटौती गरेको भन्दै उनले भने, ‘पालिकाको यो काम नियमसम्मत् छैन, हाम्रो पटक पटकको मागलाई नजरअन्दाज गरिएको छ ।’
यही विषयमा छलफल गर्न आइतबार पालिकाको कार्यालय जाँदा अध्यक्ष, उपाध्यक्ष र कार्यकारी लगायत अन्य कोही उपस्थित नभएपछि बाध्यताले तालाबन्दी गर्नुपरेको गुरुङले जिकिर गरे । पालिका शिक्षा शाखा प्रमुख यानबहादुर नेपालीले यस विषयमा छलफल भइरहेको बताए ।
छलफलका लागि आफूहरु तयार रहेको भन्दै उनले अभिभावकहरुको माग सम्बोधन हुने बताए ।
















