View Point Long Banner Ad

अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ

काठमाडौं । अष्ट्रेलियाले विदेशी विद्यार्थीहरूलाई भिसा पाउन उनीहरूले जम्मा गर्नुपर्ने रकम बढाएको छ।

आगामी शुक्रबारदेखि लागू हुनेगरी अष्ट्रेलियाले विदेशी विद्यार्थीले भिसा प्राप्त गर्न जम्मा गर्नुपर्ने रकम २९ हजार ७१० अष्ट्रेलियन डलर पुर्‍याएको हो।

समाचार संस्था रोयटर्सका अनुसारविद्यार्थीहरूको चर्को आप्रवासनलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियन सरकारले ७ महिनामै नयाँ नीति लिएको छ ।

अष्ट्रेलियाले कलेजहरूलाई पनि नक्कली विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ।विभिन्न बहानामा अष्ट्रेलिया प्रवेश गरी सेटिङ मिलाएर विद्यार्थी भिसामा रूपान्तरण गर्ने प्रवृत्ति बढेपछि कलेजहरूले त्यस्तो गरिएको पुष्टि भए कारबाही गर्ने चेतावनी दिइएको छ।

अष्ट्रेलियाका गृहमन्त्री क्लेर ओनीलले त्यस्ता ३४ कलेजहरूलाई पत्र पठाएर चेतावनी दिएको रोयटर्सले जनाएको छ। त्यस्तो गरिएको भेटिए र पुष्टि भए कलेज सञ्चालकहरूलाई २ वर्षसम्म जेल हाल्ने र प्रतिबन्ध लगाउने चेतावनी समेत दिइएको छ। गत वर्षको सेप्टेम्बरसम्म मात्रै अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी आगमनको दर ६० प्रतिशत बढेको थियो।


आकस्मिक छलफलमा जुट्यो विद्यालय कर्मचारी परिषद्

आकस्मिक छलफलमा जुट्यो विद्यालय कर्मचारी परिषद्

वि.सं.२०८२ वैशाख १८ बिहीवार १५:००

  १८ वैशाख, काठमाडौं । सरकारसँग शिक्षक महासंघले गरेको सहमतिपछि...

निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न काठमाडौं महानगरको निर्देशन

निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न काठमाडौं...

वि.सं.२०८२ वैशाख १७ बुधवार ११:५६

    १७ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका...

सरकार–शिक्षक वार्ता आज दिउँसो

सरकार–शिक्षक वार्ता आज दिउँसो

वि.सं.२०८२ वैशाख १७ बुधवार ११:५३

  १७ वैशाख, काठमाडौं । सरकार र शिक्षक महासंघबीच निर्णायक...

शिक्षक महासंघले भन्यो ः आन्दोलनमा सरकारले घुसपैठ गरायो, भोलि तीन गुणा बढी शिक्षक काठमाडौं आउँछन्

शिक्षक महासंघले भन्यो ः आन्दोलनमा सरकारले घुसपैठ...

वि.सं.२०८२ वैशाख १४ आइतवार १४:०५

    १४ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकको...

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

वि.सं.२०८२ वैशाख ११ बिहीवार १६:५५

११ वैशाख, काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले पद तथा...

निजामती विधेयकमा सहमति जुटाउन दिनभरि छलफल

निजामती विधेयकमा सहमति जुटाउन दिनभरि छलफल

वि.सं.२०८२ वैशाख ११ बिहीवार १६:४६

  १० वैशाख, काठमाडौं । संघीय निजामती विधेयकमा सहमति जुटाउन...