View Point Long Banner Ad

झण्डै आठ लाखको भन्सार छलीको समान बरामद

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटी गएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको अन्दाजी ७ लाख ७२ हजार मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चौराह, त्रिनगर ब्यारेल, मिलन चोक र बहुलियाबाट अन्दाजी ३ लाख ५६ हजार मूल्य बराबरको लेमिलेसनको मेसिन, शृङ्गारको सामान, कपडा, किराना सामान, प्याज, चिनी र त्रिपाल फेला पारेको प्रहरीले जनाएको छ ।

त्यसैगरी धनगढी गोदावरी नगरपालिका–४ वनदेबीबाट अन्दाजी ३ लाख ३८ हजार मूल्य बराबरको कस्मेटिक सामान र कपडा बरामद गरिएको छ भने भजनी नगरपालिकास्थित जसब र सोनाहफाटाबाट अन्दाजी ५९ हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ, किराना सामान र टिकापुर नगरपालिका(९ ठोसे बजारबाट अन्दाजी १८ हजार ७ सय मूल्य बराबरको चिनी बरामद गरिएको छ । उक्त समानहरू आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको प्रहरीको भनाइ छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...