View Point Long Banner Ad

सेयर बजारमा नयाँ रेकर्ड, एकै दिन २२ अर्बको कारोबार

काठमाडौँ — बुधबार सेयर बजारमा २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एकै दिनमा यति धेरै रकम कारोबार भएको हालसम्मकै उच्च हो । तीन वर्षअघि ०७८ साउन ३१ मा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अहिले त्यो रेकर्ड पनि तोडेर कारोबार रकम नयाँ उचाइमा पुगेको हो ।

पछिल्लो एक महिनामा सेयर बजारमा लगानीकर्ता उत्साहित देखिएका छन् । सोही कारण पछिल्लो तीस दिन ९यही असार १७ देखि साउन १६ सम्म० नेप्से परिसूचक करिब ३५ प्रतिशतले बढेको छ । गत असार १७ मा २ हजार ५३ मा रहेको नेप्से बुधबारसम्म २ हजार ७ सय ६० विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढिरहेको छ, जसअनुसार बुधबार हालसम्मकै सबैभन्दा धेरै रकमको सेयर किनबेच भएको हो ।

बजारमा खरिद र बिक्री दुवैमा लगानीकर्ताको रुचि बढेकाले कारोबार रकमले नयाँ रेकर्ड बनाउन सकेको एक स्टक ब्रोकरले बताए । ‘बुधबारको बजार निकै संयमित थियो, सामान्य अवस्थामा बजार अघि बढीरहेको थियो । बजारप्रतिको विश्वासकै कारण लगानीकर्ताले धेरै रकमको सेयर कारोबार गरेका हुन,’ ती अधिकारीले भने, ‘आफ्नै गतिमा केही घट्दै, लगत्तै त्योभन्दा केही बढ्दै गरेर अघि बढेको बजार दिगो मानिन्छ । बुधबार पनि बजारमा त्यस्तै प्रवृत्ति देखिएको थियो ।’

नेप्से स्थापना भएको करिब ३१ वर्ष पुगिसकेको छ । यस अवधिमा तीन दिन मात्र २१ अर्ब रुपैयाँभन्दा बढी रकमको सेयर किनबेच भएको छ । बुधबार ९साउन १६० करिब २२ अर्ब, ०७८ भदौ २ मा २१ अर्ब ३१ करोड ३४ लाख र ०७८ साउन ३१ मा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यसैगरी, यही साउन १४ मा १९ अर्ब ६० करोड ९१ लाख र ०७८ भदौ ३ मा २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उल्लिखित पाँच दिनमा सेयर बजारको इतिहासमा सबैभन्दा धेरै रकमको सेयर किनबेच भएको थियो ।

बुधबार समग्र नेप्से परिसूचक ६४।२७ अंकले बढेको छ । कारोबारमा आएकामध्ये १३ वटा उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । अघिल्लो दिनको तुलनामा यो २।३८ प्रतिशतले बढेको हो । उक्त दिन कुल ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर किनबेच भएको थियो । कारोबारमा आएकामध्ये १ सय ९१ कम्पनीको सेयर मूल्य बढ्यो, ४४ वटाको घट्यो र बाँकी ७ कम्पनीको मूल्य स्थिर रह्यो । उक्त दिन १४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेपछि सर्किट ब्रेक लागेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...