View Point Long Banner Ad

मधेश प्रदेशका पत्रकारले पाउनेभए स्वास्थ्य तथा दुर्घटना बीमा

जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशका क्रियाशील पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने भएको छ ।

प्रदेश सरकार अन्तर्गतको आमसञ्चार प्राधिकरणद्वारा आफ्ना गतिविधि सार्वजनिकीकरण गर्न आयोजित कार्यक्रममा अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशमा क्रियाशील एक हजार पत्रकारको एक लाखको स्वास्थ्य बीमा तथा सात लाखको दुर्घटना बीमा गर्ने तयारी गरेको जानकारी दिए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेटमा उल्लेख भएअनुसार खोज पत्रकारितासम्बन्धी प्रशिक्षणका साथै सूचना बैंकको निर्माण गरेर सञ्चालन गर्ने अध्यक्ष यादवले जानकारी दिए । मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले आमसञ्चार प्राधिकरणलाई सुदृढ गर्न कानुनी व्यवस्था सुधार गर्न जरुरी रहेको बताए । उनले त्यसका लागि मन्त्रालयले पहल गर्ने बताए ।

चालु आवमा आमसञ्चार प्राधिकरणले प्रदेशका विभिन्न पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियो गरी दुई सय ४२ संस्थालाई लोक कल्याणकारी विज्ञापनबापत ४५ लाख ६९ हजार रकम सम्बन्धित सञ्चार संस्थाको खातामा पठाउने प्रक्रिया सुरु भएको संस्थाका प्रशासकीय प्रमुख जयकुमार राउतले जानकारी दिए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...