डिम्याट खातामा जम्मा भयो हिमालयन रिको आईपीओ
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ ।
हिमालयन रिको आईपीओको पहिलो कारोबार नेप्सेमा केही दिनभित्रै हुने जनाइएको छ ।कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएपछि सोको भोलिपल्टबाट कारोबार गर्न सकिने छ ।
यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै शेयर पाउने छन् । ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिने छ ।
कुल २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका छन् । कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ खुला गरेको थियो ।
वि.सं.२०८० पुस १८ बुधवार १४:०३
















