View Point Long Banner Ad

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार बजार परिसूचक नेप्से १०.२७ अंक (०.४९ प्रतिशत) ले बढेर २१२३.८२ अंकमा बन्द भएको छ ।

जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि हुँदा आइतबार होटल तथा पर्यटन उपसूचक २.१६ प्रतिशतले वृद्धि भएको छ । बजार परिसूचक बढे पनि अघिल्ला कारोबार दिनको भन्दा कारोबार रकम भने घटेको छ । आइतबार बजारमा ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजारको कारोबार भएको छ । गत बुधबार ४ अर्ब र बिहीबार ३ अर्ब ७७ करोड रुपैयाँ को कारोबार भएको थियो । शुक्रबार दुई घण्टाको कारोबारमा २ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।

आइतबार शिवम् सिमेन्टको सर्वाधिक १३ करोड ९० लाखको कारोबार हुँदा नबिल बैंकको १२ करोड ७३ लाखको कारोबार भएको छ । यस दिन कारोबार अवधिभर नेप्सेमा १८० कम्पनीको सेयर कारोबार हुँदा ११८ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ५९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर छ । आइतबार कारोबार भएकामध्ये मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लाग्दा तेह्रथुम पावरको सेयरमूल्य १२ करोड ७३ लाखको कारोबार भएको छ ।

यता नयाँ सारथी लघुवित्तको सेयरमूल्य ३.४८ प्रतिशतले गिरावट हुँदा सामलिङ पावरको सेयरमूल्य ३.४३ प्रतिशत र ग्रामीण विकास लघुवित्तको सेयरमूल्य ३.३८ प्रतिशतले घटेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...