View Point Long Banner Ad

वीरगञ्जका ७ निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के, एउटालाई बन्द गर्न निर्देशन

 

 

८ फागुन, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र सञ्चालित ७ वटा निजी अस्पतालहरुमा छड्के अनुगमन गरेका छन् ।

भवानी हस्पिटल एण्ड रिसर्च प्रालि, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, सर्वोत्तम हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टर, स्पर्श मल्टिस्पेसिलिटी हस्पिटल, गण्डक हस्पिटल प्रालि र शाह हस्पिटल प्रालिमा मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले छड्के अनुगमन गरेको हो ।

 

अनुगमनको क्रममा बिनादर्ता सञ्चालन भएको पाइएको नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टरलाई तत्काल बन्द गर्न निर्देशन दिइएको मधेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।

यसैगरी भवानी हस्पिटल एण्ड रिसर्च प्रालि र स्पर्श मल्टिस्पेसिलिटी हस्पिटलको नवीकरण नभएको पाइएको छ । त्यसैले ती हस्पिटल सञ्चालकलाई तत्काल नवीकरण गराएर सम्पूर्ण कागजातसहित प्रदेशको स्वास्थ्य मन्त्रालयमा उपस्थित हुन लिखित निर्देशन दिइएको छ ।

 

अनुगमन टोलीका सदस्यहरुका अनुसार अधिकांश अस्पतालमा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नगरिएको, विपन्न, ज्येष्ठ नागरिकलाई उपचार शुल्कमा दिनुपर्ने १० प्रतिशत छुटको प्रावधान लागू नगरिएको, इजाजत लिएको भन्दा बढी संख्यामा शय्या सञ्चालन गरेको जस्ता त्रुटिहरु पनि भेटिएको छ ।

त्यस्ता त्रुटिहरु सुधारेर मापदण्ड पालना गर्न पनि मधेश प्रदेश सरकारले निर्देशन दिएको छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...